संक्रमणकालीन न्यायको विषयमा सहमति नभए थुप्रै विकल्प खुल्ला छ : कानुनमन्त्री

संक्रमणकालीन न्यायको विषयमा सहमति नभए थुप्रै विकल्प खुल्ला छ : कानुनमन्त्री

काठमाडौं : कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय मुलुकको शान्ति प्रक्रियासँग पनि जोडिएको भन्दै सहमतिबाट अघि बढाउन उचित हुने बताएका हुन्।

सहमति गर्ने प्रयास सफल हुन नसके विभिन्न विकल्प खुल्ला रहेको उनको भनाइ छ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अघि बढाउन देखिएको अड्चन फुकाउन शीर्ष तहमा पटकपटक छलफल भएको उनले बताए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफलमा मन्त्री गुरुङले सहमति जुट्न बाँकी चार विषयमा छिटै शीर्ष तहमा सहमति जुट्ने विश्वास व्यक्त गरे।

पुष ६, २०८० शुक्रबार १६:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।