एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २६ करोड लाभांश वितरण गर्ने
काठमाडौं : एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा आज धरानमा सम्पन्न भएको छ।
सभाको निर्वाचन प्रक्रियाबाट संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भएका दिपक ढकाललाई निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित गरेको छ।
त्यस्तै, साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९÷०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गर्दै संस्थाका सेयर धनीहरूलाई चुक्ता पूँजीको १५% का दरले छब्बीस करोड नौ लाख सोह्र हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पुष ६, २०८० शुक्रबार १४:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।