अज्ञात आक्रमणकारीको गोली लागेर पाकिस्तानमा छ मजदुरको मृत्यु

अज्ञात आक्रमणकारीको गोली लागेर पाकिस्तानमा छ मजदुरको मृत्यु

एजेन्सी : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार अज्ञात आक्रमणकारीको गोली प्रहारबाट छ कामदारको मृत्यु भएको छ।

यी सबै कामदारहरू दक्षिण वजिरिस्तान जिल्लाको एक पुलिस स्टेशनको निर्माण कार्यमा संलग्न थिए।

ती मजदुरलाई निकै नजिकबाट गोली प्रहार गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। उनीहरू टेन्टमा बसिरहेको बेला यो घटना भएको हो।

यसअघि पनि डिसेम्बर १२ तारिखमा खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।

उक्त आक्रमणको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो।

अफगान शरणार्थीको विषयलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ।

पुष ६, २०८० शुक्रबार १४:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।