चितवनमा नौ महिनादेखि हराइरहेका व्यक्तिको कंकाल भेटियो

चितवनमा नौ महिनादेखि हराइरहेका व्यक्तिको कंकाल भेटियो

काठमाडौं : चितवनको राप्ती गाउँपालिकामा मानव कंकाल भेटिएको छ।

स्थानीयहरू गाउँपालिकाको वडा नम्बर १२ को जंगलमा घाँस काट्न जाँदा खोल्सामा मानव कंकाल र कपडा देखेका थिए।

कपडाको आधारमा उक्त मानव कंकाल सोही ठाउँ बस्ने ८३ वर्षीय जंगे तामाङको भएको आफन्तले सनाखत गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार तामाङ बैशाख २६ गतेदेखि हराइरहेका थिए। मुचुल्कापछि मानव कंकाललाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

पुष ६, २०८० शुक्रबार १३:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।