आठ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ४८५ रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ।
बिहीबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४५० र चाँदी १ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
पुष ६, २०८० शुक्रबार ११:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।