साततलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

साततलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बागमती गाउँपालिका-८ साततलेमा बिहीबार बेलुकी बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पाख्रिन गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा राति हेटौंडा अस्पतालमा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

पुष ६, २०८० शुक्रबार ०८:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।