चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

एजेन्सी : युरोपियन मुलुक चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ।

राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा भएको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उसका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्। कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन्।

यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ। 

मानविकी संकायमा अध्ययनरत एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा त्यहाँ भागदौड मच्चिएको थियो। कतिपय छतबाट पनि हामफालेको समाचारमा उल्लेख छ।

चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

विदेशमा भएको यस्तै नरसंहारबाट प्रेरित भएर ती विद्यार्थीले यस्तो कदम उठाएको प्रहरीको दाबी छ।

पुष ६, २०८० शुक्रबार ०८:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।