जलन उपचारका लागि डाबरले गर्यो २५ लाख सहयोग
काठमाडौँ : डाबर नेपालले बर्न इन्जुरीजे रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम लाई समर्थन गर्ने संस्था इजी हेल्थ केयर फाउन्डेशनलाई २५ लाख सहयोग गरेको छ।
डाबर नेपालले नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत आगोको चोटको रोकथाम र उपचारका लागि संस्थालाई सहयोग गरेको हो।
डावरकोतर्फबाट डाबर नेपालको अध्यक्ष ईश्वरी राणा, बिजनेस हेड–नेपाल र म्यानमार हरकिरत बेदीले सो रकमको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा हेड एचआर अनिल पुरी, निर्देशक रोहित रौनियार र इजी हेल्थ केयरका संरक्षक उज्ज्वल विक्रम थापा सहभागी थिए।
पुष ५, २०८० बिहीबार १८:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।