क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित
काठमाडौँ : क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्युरोद्वारा प्रतिष्ठित “राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार२०२३ बाट सम्मानित भएको छ।
उक्त पुरस्कार २०२३ डिसेम्बर १४ मा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमाप्रदान गरेकी हुन्।
राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ।
नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत वितरण गर्दै आएको छ।
पुष ५, २०८० बिहीबार १८:०१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।