न्यायाधीशहरूको शपथमा उठेनन् राष्ट्रपति

न्यायाधीशहरूको शपथमा उठेनन् राष्ट्रपति

काठमाडौँ : सर्वोच्च अदालतका नव नियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदा राष्ट्रपति रामचन्द्र पौडेल उठेनन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नव नियुक्त न्यायाधीशहरूलाई शपथ गराएका थिए। शपथ कार्यक्रममा राष्ट्रपति पौडेल कुर्सीमै बसेका थिए। उनी उठेनन्। 

संसदीय सुनुवाइपछि सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए। राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए।

पुष ५, २०८० बिहीबार १७:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।