नेपाल डिस्टिलरीले ल्यायो ‘एरिष्टोक्र्याट’

नेपाल डिस्टिलरीले ल्यायो ‘एरिष्टोक्र्याट’

काठमाडौँ : ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्रान्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ। कम्पनीले  स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्च कोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको जानकारी दिएको छ।

हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सूक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिने र स्वादमा प्रिमियम ह्विस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुने कम्पनीको दाबी छ।

उपभोक्ताहरूको माग तथा उनीहरूको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए।

उनकाअनुसार कम्पनीको पोर्टफोलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्रान्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर परीक्षण र प्रतिक्रियाको शृङ्खलाहरू सञ्चालन गरिएका थिए।

४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ। नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ। कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन्। 

पुष ५, २०८० बिहीबार १४:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।