मलाई हिन्दु, बुद्विष्ट, मुस्लिम, क्रिश्चियन सबै भने तर म सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराती

मलाई हिन्दु, बुद्विष्ट, मुस्लिम, क्रिश्चियन सबै भने तर म सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराती

काठमाडौं : आफ्नो अभिव्यक्ति चौतर्फी आलोचनाको विषय बनेपछि संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले प्रष्टीकरण दिएका छन्।

‘क्रिश्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको बेला उनले बहसको लागि सबैलाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमा उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नो जोड रहेको बताएका छन्।

‘भन्नलाई त मलाई, पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने’, उनले लेखेका छन्, ‘फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’

पुष ५, २०८० बिहीबार १४:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।