नेपाल एअरलाइन्सका ५ वटा जहाज लिलामीमा

नेपाल एअरलाइन्सका ५ वटा जहाज लिलामीमा
फाइल फोटो

काठमाडौं : नेपाल एयरलाइन्सले आज गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै पुराना ५ वटा जहाज लिलामीमा राखेको छ।

सूचना निकालेर नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो। टेन्डरका लागि आगामी फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ।

यी जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। निगमसँग कुल ६ वटा जहाज थिए। जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो।

पुष ५, २०८० बिहीबार १२:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।