सामाजिक सञ्जाल ‘एक्स’ र ‘एक्स प्रो’ डाउन

सामाजिक सञ्जाल ‘एक्स’ र ‘एक्स प्रो’ डाउन

काठमाडौं : सामाजिक सञ्जाल प्लेटफर्म एक्स र एक्स प्रो डाउन भएको छ।

प्राविधिक समस्याका कारण विश्वभर साइट डाउन भएको खबर आइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

यस्तै प्राविधिक अवरोधहरूलाई ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकमका अनुसार यो प्राविधिक समस्या बिहीबार बिहान देशभर देखिएको हो।

एक्सको वबेसाइट खोल्दा ‘एक्समा तपाईंलाई स्वागत छ’ भन्ने सन्देश मात्र आइरहेको छ। पोस्टहरू हेर्न नमिले पनि सेयर गर्न भने मिलिरहेको छ।

एक्स प्रो ट्वीटडेकलाई प्रतिस्थापन गर्नका लागि एक्सले बनाएको अर्को प्लेटफर्म हो।

पुष ५, २०८० बिहीबार १२:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।