सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं : कारोबार हुने साताको पाँचौं दिन सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।
बिहीबार सुन बुधबारकै मूल्यमा कारोबार हुँदा चाँदी तोलाको १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
उता चाँदीको मूल्य भने बिहीबार १ हजार ४८० रुपैयाँ प्रतितोला कायम भएको छ। बुधबार चाँदी तोलाको १ हजार ५६५ रुपैयाँ थियो।
पुष ५, २०८० बिहीबार ११:१९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।