बारामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

बारामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

बारा : जिल्लामा दुई मोटरसाइकल एकआपसमा ठक्कर जुध्दा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बारा निजगढ नगरपालिका-९ सिंगौल गेटमा भएको दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का ३४ वर्षीय चन्द्रदीप लामा र रौतहटको चन्द्रपुर नगरपालिका-३ पौराईका ३१ वर्षीय बुद्धबहादुर बलको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत निजगढबाट उदयपुर जाँद गरेको प्र ०१-०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल र रौतहटबाट निजगढ आउँदै गरेको तर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल एक आपसमा जुधेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मोटरसाइकल जुध्दा घाइते भएका उनीहरूको निजगढस्थित बारा सामुदायिक प्रसुति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते रौतहटको चन्द्रपुर नगरपालिका-३ पौराईका ३५ वर्षीय बाबुराम सुनारको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बारा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

पुष ५, २०८० बिहीबार ०९:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।