जलेका घाउको रोकथाम र उपचारका लागि डाबर नेपालको २५ लाख सहयोग

जलेका घाउको रोकथाम र उपचारका लागि डाबर नेपालको २५ लाख सहयोग

काठमाडौं : डाबर नेपालले ‘जलेका घाउको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम’लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंमा एक कार्यक्रमका बीच डाबर नेपालकी अध्यक्ष तथा एमडी इश्वरी राणा तथा नेपाल र म्यानमारका लागि बिजनेस हेड हरकिरत बेदीले फाउन्डेसनका संस्थापक अध्यक्ष अखिल शाक्यलाई २५ लाख रुपैयाँ सहयोग गरेको हो।

सहयोगले आगोले जलेका चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याउने कम्पनीको विश्वास छ।

कार्यक्रममा डाबर नेपालका एचआर प्रमुख अनिल पुरी, फाउन्डेसनका निर्देशक रोहित रौनियार, संरक्षक उज्जवल विक्रम थापाको उपस्थिति थियो।

यो साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने डाबर नेपालको विश्वास छ।

पुष ५, २०८० बिहीबार ०९:०७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।