जीडब्लुएमको विन्टर अफरमा तीन लाखसम्म फाइदा

जीडब्लुएमको विन्टर अफरमा तीन लाखसम्म फाइदा

काठमाडौं : नेपालमा जीडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भीजी इम्पेक्सले विन्टर अफर ल्याएको छ।

कम्पनीले लक्जरी ड्राइभ खोज्नेहरूका लागि ‘दि लक्जरी ड्राइभ’ अफर ल्याएको हो।

यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लुएमका प्रिमियमको अनुभव लिन सक्ने र तीन लाखसम्मको फाइदा हुने कम्पनीले दाबी छ।

कम्पनीका अनुसार जीडल्बुएमको ‘गियर अप फर ग्रेट डिल्स’ अफरको साथ ग्राहकहरूले कम्पनीको प्रिमियम एसयूभीहरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन्।

यी अफरहरूले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा दिने कम्पनीको दाबी छ।

पुष ५, २०८० बिहीबार ०८:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।