इजरायली आक्रमणबाट गाजामा २० हजारभन्दा बढी प्यालेस्टाइनी मारिए

इजरायली आक्रमणबाट गाजामा २० हजारभन्दा बढी प्यालेस्टाइनी मारिए

एजेन्सी : इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार त्यहाँ युद्ध सुरु भएयता अहिलेसम्म २० हजार मानिस मारिएका हुन्।

यस हिसाबले अहिलेसम्म गाजामा दैनिक ३०० जना प्यालेस्टाइनी मारिइरहेका छन्।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय आपतकालीन निर्देशक रचर्ड ब्रेननले २० हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासको दाबी भरोसा गर्न लायक भएको बताएका छन्।

गाजामा कार्यरत डाक्टरहरूले समेत मृतकको संख्या अझै धेरै हुनसक्ने बताएका छन्। यो आँकडामा बमबारीमा भत्किएको भग्नावशेषमा पुरिएर मारिएकाहरूको संख्या समावेश छैन।

संसारभरको युद्धमा मारिने मानिसको संख्या जाँच गर्ने विज्ञ प्राध्यापक माइकल स्पेगाटका अनुसार अहिलेको आँकडा यसअघि भएका कयौं युद्धको भन्दा असाधारण रुपमा बढी भएको बताए।

उनले भने, ‘२००३ बाट भइररहेको गाजाको कयौं युद्धको तुलनामा यो हताहतीको संख्या अकल्पनीय हो।’

पुष ५, २०८० बिहीबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।