प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजदेखि
काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजदेखि सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्दैछन्।
खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। टी-२० फरम्याटमा हुने प्रतियोगितामा आजै अन्य तीन खेल हुँदैछन्।
साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन्। खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन्।
पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो।
आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ।
क्वालिफायर १ मा विजयी हुनेले फाइनल खेल्नेछ भने पराजित हुनेले इलिमिनेटरको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।
फाइनल खेल ३ जनवरी अर्थात पुस १९ गते त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे हुनेछ।
पुष ५, २०८० बिहीबार ०७:५०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।