यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा छ।

तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक बदली रहने छ।

​देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

पुष ५, २०८० बिहीबार ०७:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।