नेपालको वैदेशिक सहायता प्रतिबद्धता ह्वात्तै घट्यो

नेपालको वैदेशिक सहायता प्रतिबद्धता ह्वात्तै घट्यो

काठमाडौं : चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकमा नेपालको वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक सहायता ४० अर्ब ६९ करोड रूपैयाँ बराबरको मात्र रहेको छ। यो गत आवको यसै अवधिको तुलनामा ६०.८ प्रतिशत कम हो। सो आवमा १ खर्ब ३ अर्ब ९३ करोड रूपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थ मन्त्रालयले यस आवमा औचित्यका आधारमा मात्र वैदेशिक सहायता परिचालान गर्ने नीति लिएको बताउँदै आएको छ। प्राप्त भएको वैदेशिक सहायता मध्ये अनुदान सहायता ३५.१ प्रतिशत र ऋण सहायताको हिस्सा ६४.९ प्रतिशत रहेको छ। यसमध्ये सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा वैदेशिक सहायताको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ।

वैदेशिक सहायता प्रतिबद्धता जनाउने निकायमध्ये विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली युनियन छन्। जसले क्रमशः ३३.७ प्रतिशत, ३२.४ प्रतिशत र २६.१ प्रतिशत हिस्सा ओगटेका छन्।

पुष ४, २०८० बुधबार १७:४९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।