मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र बढी चल्छ : देउवा

मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र बढी चल्छ : देउवा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन्।

बुधबार पोखरामा पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा उनले भने, ‘पत्रकारको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज फर मिडिया,’ उनले भने, ‘मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र चल्छ बढी। त्यसकारण ब्याड न्युज इज गुड न्युज फर मिडिया भन्छ हेर्नुस्।’

बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको उनले बताए।

‘एक पटक के भयो भने बेलायतमा पढ्दै थिएँ, नेपाल एम्बेसीमा जुलुस निकाल्छौँ आइदेउ भनेर बिबिसीलाई भनेको थिएँ,’ देउवाले भने, ‘बम पड्काउने भए मात्र आउँछु नत्र आउँदिनँ, कहाँ कहाँ जान साध्य हुन्छ भन्यो।’

उनले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पत्रकारहरू सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई प्रदान गरेका थिए। ‘हाम्रो देशमा पत्रकारिता होस या अरू विकास, सुधारको दिशामा छ, अझ अगाडि बढाउनुछ,’ उनले भने, ‘जिम्मेवार पत्रकारिताको धेरै अर्थ छ हेर्नुस्।’

पुष ४, २०८० बुधबार १७:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।