राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
फाइल फोटो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्।

संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।

पुष ४, २०८० बुधबार १७:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।