कुवेतबाट नेपाल आएको विमानको शौचालयमा बच्चा फेला पर्यो

कुवेतबाट नेपाल आएको विमानको शौचालयमा बच्चा फेला पर्यो

काठमाडौं : युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजान शिशु फेला परेको छ।

सारजहाबाट काठमाडौं आएको विमानको शौचालयको कमोडमा भर्खर जन्मिएको शिशु फेला परेको हो।

सबै यात्रुहरू उत्रिएपछि विमान सफा गर्न गएको कर्मचारीले शौचालयमा बच्चा फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले बच्चाको उद्धार गरेर आमा खोज्दा कुवेतबाट आएकी एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पठाएको ती युवती घरेलु कामदारको रूपमा कुवेत गएको खुलेको थियो। उनी गर्भवती भएर नेपाल फर्किएको खुलेको छ।

बच्चा र आमा दुवैलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगलको लगिएको छ।

पुष ४, २०८० बुधबार १४:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।