मन्त्रिपरिषद्ले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, क्विन्टलको ६३५

मन्त्रिपरिषद्ले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, क्विन्टलको ६३५

काठमाडौँ : ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने र ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गर्दै सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य तोकेको हो। सिंहदरबारमा बसेको बैठकमा सरकारको एक वर्षको कामको समीक्षा समेत भएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

‘सरकार गठनको एक वर्षको समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुति थियो’ उनले पत्रकारमाझ भनिन्।

पुष ४, २०८० बुधबार १३:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।