खानेपानी संस्थानले माग्यो ६१ जना करार कर्मचारी

खानेपानी संस्थानले माग्यो ६१ जना करार कर्मचारी

काठमाडौं : नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि करार सेवामा खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ।

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ।

खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ। योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

पुष ४, २०८० बुधबार १२:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।