नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या, महिला आयोगको चासो

नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या, महिला आयोगको चासो

एजेन्सी : भारतको दिल्लीस्थित स्वरूप नगरमा एक नौ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको घटना सार्वजनिक भएको छ।

दिल्ली महिला आयोगले दिल्ली पुलिसलाई एक पत्र लेख्दै घटनासँग सम्बन्धित जानकारी मागेको छ। आयोगको पत्रका अनुसार दिल्लीको स्वरुप नगरबाट १२ डिसेम्बरमा एक नौ वर्षीया बालिका बेपत्ता भएकी थिइन्।

मिडिया रिपोर्टका अनुसार बालिकाको अपहरणपछि बलात्कार र हत्याको घटनामा घरधनीलाई पक्राउ गरिएको छ।

टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा १२ डिसेम्बर राति साढे ८ बजे नंगली पूना गाउँका एक व्यक्तिले आफ्नो नौ वर्षीया छोरी हराएको उजुरी दर्ता गरेका थिए।

उजुरीकर्ताको बयानको आधारमा मुद्दा दर्ता गरेर छानबिन थालिएको प्रहरीले जनाएको छ। बालिकाको आमा बुवा ज्यालादारी काम गर्ने र उनीहरू स्वरुप नगरको भाडाको घरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार बालिकाको अपहरण ५२ वर्षीय घरधनीले गरेका हुन्। ती घरधनीले बालिकाको बलात्कारपछि हत्या गरेर मुनक नहरमा शव फालेको स्वीकार गरेको समाचारमा उल्लेख छ।

पुष ४, २०८० बुधबार ११:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।