काठमाडौंमा आज वर्षकै कम तापक्रम

काठमाडौंमा आज वर्षकै कम तापक्रम

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो।

यसअघि मंसिर २७ गते काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस थियो। 

त्यसपछि मंगलबार तापक्रम सबैभन्दा कम ५.५ डिग्री सेल्सियसमा झरेको थियो।

मंगलबारको तुलनामा बुधबार जुम्लामा तापक्रम बढेको छ। बुधबार मंगलबार -६.७ डिग्री सेल्सियस रहेको तापक्रम बुधबार -४.७ डिग्री भएको छ।

महाशाखाका मौसमविद्हरूले आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

पुष ४, २०८० बुधबार ११:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।