जेसीबीको एक्स्क्लुसिभ रिटेलर अब बर्दिवासमा

जेसीबीको एक्स्क्लुसिभ रिटेलर अब बर्दिवासमा

काठमाडौं : जेसीबीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले महोत्तरीको बर्दिबासमा एक्स्क्लुसिभ रिटेलर स्थापना गरेको छ।

मिथिला अर्थमुभर्स नाम दिइएको एक्सक्लुसिभ रिटेलरलाई बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे।

रिटेलर स्थापनासँगै अब वर्दिवासका ग्राहकहरूले मिथिला अर्थमुभर्स मार्फत सजिलै जेसीबीका जेन्यून पार्ट्सहहरू खरिद गर्न सक्नेछन्।

जेसीबीका मेसिनहरूलाई बिगार्ने तथा नक्कली पार्टसको बिक्रीवितरणलाई निरुत्साहित गर्न ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ कम्पनीले बर्दिबासमा रिटेलर स्थापना गरेको कम्पनीका प्रतिनिधिले बताए।

पुष ४, २०८० बुधबार ०९:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।