काठमाडौंमा तीन दिने ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदैछ।
पुस ५ देखि सात गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पीहरूको स्टल रहने आयोजकले जनाएको छ।
प्रदर्शनी, सम्मेलन र साझेदारीलाई एकै ठाउँमा ल्याइ नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न तथा व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकको दाबी छ।
प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न तथा नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि महत्वपूर्ण हुने विश्वास आयोजकको छ।
प्रदर्शनीको अवलोकन निःशुल्क गर्न सकिन्छ भने सहभागी हुन चाहनेका लागि दर्ता खुला गरिएको आयोजकत्रय मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्सले जनाएको छ।
पुष ४, २०८० बुधबार ०९:४०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।