नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन्।

२३०औं सञ्चालन समितिको बैठकले पौडेललाई सर्व-सम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

पौडेलले कार्यवाहक गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो।

पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।

पुष ४, २०८० बुधबार ०९:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।