मौसम पूर्वानुमान महाशाखाले भन्यो- ‘शुक्रबारसम्मै मौसम सफा रहन्छ’

मौसम पूर्वानुमान महाशाखाले भन्यो- ‘शुक्रबारसम्मै मौसम सफा रहन्छ’

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

यस्तै राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ।

महाशाखाले शुक्रबारसम्मै मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ।

महाशाखाले सामान्यतया तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ। त्यसकारण पनि शुक्रबारपछिको मौसम पूर्वानुमानकका लागि पर्खनै पर्ने हुन्छ।

पुष ४, २०८० बुधबार ०७:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।