एकै महिनामा बाहिरिए ७१ हजार नेपाली

एकै महिनामा बाहिरिए ७१ हजार नेपाली

काठमाडौँ : वैदेशिक रोजगारीका लागि मंसिर महिनामा ७१ हजारभन्दा नेपाली बिदेसिएका छन्। 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुनः श्रम स्वीकृति लिएकाहरूसहित ७१ हजार २ सय ७६ जना नेपालीले श्रम स्वीकृति लिए। उनीहरूले एक सय ८ देशमा काम गर्न जान स्वीकृति लिएका हुन्।

एक महिनामा ६४ हजार ३ सय ४२ पुरुष र ६ हजार ९ सय ३४ महिला बाहिरिए। विभागका अनुसार व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९ सय ९७, म्यानपावर र एजेन्सीमार्फत २६ हजार ३ सय ७५ र म्यानपावर कम्पनीमार्फत ७ सय ३५ जना बाहिरिएका हुन्। सरकारले मंसिरमा  १ हजार ७ सय ८ जनालाई वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाएको थियो।

पुष ३, २०८० मंगलबार २२:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।