फिल्म हिट हुँदा पनि परिचित हुन नसकेका दुई नायिका जोडिए फिल्म पुजार सार्कीमा
काठमाडौँ : ‘पुजार सार्की’मा दुई अभिनेत्रीको प्रवेश भएको छ। दिनेश राउतले निर्देशन गर्न लागेको यो फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुको प्रवेश भएको हो।
यी दुवै अभिनेत्री यस अगाडि नै हिट फिल्ममा देखिएका थिए। बराइली महापुरुषमा देखिएकी थिइन् भने लिम्बु त झन् जारी अनि छक्कापञ्जा ४ मा अभिनय गरेकी थिइन्। फिल्म हिट भए पनि उनीहरू भने हिट हुन सकेका थिएनन्।
राउतको महत्त्वाकाङ्क्षी प्रोजेक्टमा यी दुवै एकै पटक अभिनय गर्न लागेका छन्। माघबाट फिल्म फ्लोरमा जाने बताइएको छ।
फिल्ममा पहिल्यै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनेताको रूपमा अनुबन्धित भइसकेका छन्। यी दुई अभिनेत्री कसको जोडी हुने हुन् भन्ने खुलेको छैन।
उता पल शाहविरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतमा ब्युँतिएकाले शाहलाई लिएर फिल्म निर्माण गर्न जोखिम देखिन्छ।
पुष ३, २०८० मंगलबार २२:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।