प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर किनेका शतिशलालसँगको सम्बन्ध स्विकार्दै भने' सिंगापुर जाँदा उनकै घरमा बसेको छु'

प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर किनेका शतिशलालसँगको सम्बन्ध स्विकार्दै भने' सिंगापुर जाँदा उनकै घरमा बसेको छु'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर किनेका सतीशलाल आर्चायसँग आफ्नो निकट सम्बन्ध रहेको स्वीकार गरेका छन्।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले आफ्नो श्रीमती बिरामी भएर उपचारका लागि सिंगापुर गएको बेलामा आचार्यकोमा बसेको समेत स्वीकार गरेका छन्। उनले दुई पटक सिंगापुर जाँदा उनकोमा बसेको र कांग्रेस सभापति शेरबहादुर देउवा अनि एमाले अध्यक्ष केपी ओली पनि आचार्यकोमा बसेको बताए।

बेलायतमा दर्ता भएको आचार्यको कम्पनीले एनसेलमा रहेको आजियटाको ८० प्रतिशत शेयर किन्ने घोषणा भएपछि उनको नेपालका उच्च राजनीतिक तहका ब्यक्तीहरुसँगको सम्बन्ध सार्वजनिक भएको थियो। एनसेलको २० प्रतिशत सेयर आचार्यको श्रीमतीको कम्पनीसँग छ। आचार्यकी श्रीमती नेपाली हुन् भने आचार्य सिंगापुरका नागरिक हुन्।

'मेरो श्रीमती बिरामी भएको बेला २ पटक सिंगापुर जाँदा तिनै साथीकोमा बसेको छु। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ। हाम्रो बिचमा कुरा पनि हुन्छ' उनले भने'चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन। जनताको हित र राष्ट्रको हित नै मुख्य कुरा हो।’

पुष ३, २०८० मंगलबार १८:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।