निजामती ऐन मन्त्रिपरिषद्‍बाट पास भएर संसद्‍मा दर्ता हुने चरणमा छ : मन्त्री देवी

निजामती ऐन मन्त्रिपरिषद्‍बाट पास भएर संसद्‍मा दर्ता हुने चरणमा छ : मन्त्री देवी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती ऐन संसद्मा दर्ता हुने चरणमा रहेको बताएकी छिन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ऐन मन्त्रिपरिषदबाट पास भएर संसद्मा दर्ता हुने चरणमा रहेको स्पष्ट पार्दै उनले निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट गरेको नभइ विभिन्न तहका विद्वत् वर्गले तयार पारेको बताइन्।

उनले संसद्मा दर्ता भएसँगै सरोकारवाला निकायसँग समन्वय र छलफल गरेर आफूहरू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

पुष ३, २०८० मंगलबार १७:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।