एनएमबी बैंकको एटिएम अन्तराष्ट्रिय विमानस्थलमा पनि
काठमाडौं : एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा थप एक एटिएम सञ्चालनमा ल्याएको छ।
यस अघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याइसकेको बैंकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।
एनएमबी बैंकका अनुसार रामबजार, पकाडी, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।
एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १६६ एटिएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
पुष ३, २०८० मंगलबार १७:२०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।