राप्रपाले मेची-महाकाली यात्रासहितको आन्दोलन गर्ने, यी हुन् एजेन्डा

राप्रपाले मेची-महाकाली यात्रासहितको आन्दोलन गर्ने, यी हुन् एजेन्डा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ।

पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर सभा र तयारीका काम गरिने उनले बताए। राप्रपाले फागुनमा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

‘आन्दोलनका लागि समान विचार राख्ने दलहरू, अभियान्ता तथा बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनु भएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आह्वान गर्दछ,’ उनले भने, ‘नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरू ​​​​​​​​​​​​​​पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।’

राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ।

समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन्। राप्रपाले भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने निर्णय गरेको छ।

यस्तो छ निर्णय:

पुष ३, २०८० मंगलबार १७:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।