यम र मिराको ‘टुङ्नाको धुन’ सार्वजनिक

यम र मिराको ‘टुङ्नाको धुन’ सार्वजनिक

काठमाडौं : गायक यम बराल र गायिका मिरा राईको आवाजमा ‘टुङ्नाको धुन’ बोलको गीत सार्वजनिक भएको छ।

निर्माण टिमले गीतलाई काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन्। यस गीतमा गायक यम बरालकै संगीत रहेको छ भने शब्द मिरा राईकै छ। 

माया प्रेमकै कुरालाई उठान गरिएको गीतको भिडियोलाई मिना बर्तौलाले लगानी गरेकी हुन्। 
यस गीतको भिडियोमा बुद्धि तामाङ (हैट), सुनिल न्यौपाने, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय देख्न सकिन्छ।

नवराज उप्रेतीले  खिचेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफ्री, दीलिप समनको निर्देशन रहेको छ। 

गीतको लिंक :

https://www.youtube.com/watch?v=yswmcpm1Jlo

पुष ३, २०८० मंगलबार १३:५४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।