डा. नवराजको ‘ठुली’मा श्रद्धा, गौरव र निर्मल

डा. नवराजको ‘ठुली’मा श्रद्धा, गौरव र निर्मल

काठमाडौं : डा. नवराज प्रधानले आफ्नै आवाजमा नयाँ गीत रिलिज गरेका छन्।

उनले सोमबार ओएसआर डिजिटलको ट्युब च्यानल मार्फत ‘ठुली’ बोलको गीत रिलिज गरेका हुन्।

यस गीतको शब्द, संगीत पनि डाक्टर नवराजले नै गरेका छन्। कालिप्रसाद बास्कोटाले एरेन्जमेन्ट गरेको गीतको भिडियोमा गौरव पहारी, अभिनेत्री श्रद्धा क्षेत्री, निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

गीतको भिडियोमा पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई देखाउन खोजिएको छ। 

गौतमराज खड्काको कथा तथा निर्देशनमा बनेको भिडियोलाई सौरभ लामाले खिचेका हुन भने सम्पादन निर्देशक खड्काले नै गरेका छन्। 

गीतको लिंक :
https://www.youtube.com/watch?v=Bl27031YAXQ

पुष ३, २०८० मंगलबार १३:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।