कोदोबारीमा लगेर १५ वर्षीया बालिका बलात्कार, एक जना पक्राउ

भोजपुर : जिल्लामा १५ वर्षीया बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।
उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
पुष ३, २०८० मंगलबार १२:०२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।