आईपीएलको अक्सन आज, ३ सय ३३ बाट ७७ खेलाडी छानिँदै

आईपीएलको अक्सन आज, ३ सय ३३ बाट ७७ खेलाडी छानिँदै

काठमाडौं : विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन आज हुँदैछ।

अक्सन दुबईको कोकाकोला एरिनामा दिउँसो सवा १ बजे सुरू हुनेछ। आईपीएलको अक्सन पहिलो पटक भारतबाहिर भएको हो।

अक्सनमा सबै १० फ्रेन्चाइजीहरू आ-आफ्नो टोलीको खाली स्थान भर्न एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन्।

अक्सनमा ३ सय ३३ खेलाडीको नाम समावेश छ। जसमध्ये बढीमा ७७ खेलाडीले छानिनेछन्। यी ७७ खेलाडी छान्नका लागि फ्रेन्चाइजीहरूसँग २६२ करोड ९५ लाख भारतीय रुपैयाँ हुनेछ।

अक्समा गुजरात टाइटन्ससँग सबैभन्दा बढी ३८.१५ करोड रुपैयाँ बाँकी रहँदा लखनऊ सुपर जायन्ट्स सँग सबैभन्दा कम १३.१५ करोड रुपैयाँ बाँकी छ।

अक्सनमा कोलकाता नाइट राइडर्स सबैभन्दा व्यस्त हुने देखिन्छ। उसले यहाँबाट १२ खेलाडी छनोट गर्नुपर्नेछ। उसले सबैभन्दा कम खेलाडी रिटेन गरेको थियो।

आईपीएलका लागि १५ खेलाडीले रजिस्ट्रेसन गरे पनि कुनै पनि खेलाडी अक्सनका लागि छानिएनन्। अहिले छानिएका ३ सय ३३ मध्ये जम्मा दुई खेलाडी एसाेसियट राष्ट्रबाट छन्।

पुष ३, २०८० मंगलबार १०:३८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।