बोलेरोको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

चितवन : जिल्लामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे २ बजे भरतपुर महानगरपालिका-४ यज्ञपुरीचोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१२ का अन्दाजी ३० वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो।

पिपलचोकबाट रामपुर जाँदै गरेको बा प्र ०६-००२ प २०७३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा १९ च ३४६४ नम्बरको बोलेरोले ठक्कर दिएको हो।

मोटरसाइकल चालक थापा र पछाडि सवार तनहुँको सतिश्वारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय राजेन्द्रबहादुर अधिकारी गम्भीर घाइते भएकोमा थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेज, भरतपुरमा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रहरीले मोटरसाइकल, बोलेरो र बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुष ३, २०८० मंगलबार ०९:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।