ह्वात्तै घट्यो काठमाडौंको तापक्रम, आज वर्षकै चिसो

ह्वात्तै घट्यो काठमाडौंको तापक्रम, आज वर्षकै चिसो

काठमाडौं : काठमाडौं उपत्यकाका तापक्रम घट्दै गइरहेको छ।

तापक्रम घट्ने क्रममा मंगलबार यस वर्षकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार विहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो तापक्रम काठमाडौंमा यसवर्षकै सबैभन्दा कम मापना भएको हो।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो।

त्यसअघि मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस झरेका थियो। यो तापक्रम नै यसवर्षको सबैभन्दा कम थियो।

मंगलबार बिहान जुम्लामा सबैभन्दा कम तापक्रम मापन गरिएको छ। यहाँ बिहान पौने ९ बजेको न्युनतम तापक्रम -६.७ डिग्री सेल्सियस छ।

महाशाखाका मौसमविद्हरूले आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

पुष ३, २०८० मंगलबार ०९:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।