माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : सत्ताधारी दल माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन्।

मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको अभियानको समीक्षा, राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुनेछ।

सत्ता गठबन्धन दलले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझेदारी गरेरै उम्मेदवारी दिने निर्णय गरेका छन्। तर, कुन दलले कति सिट पाउने भन्ने यकिन भइसकेको छैन।

पुष ३, २०८० मंगलबार ०८:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।