नेपाली बजारमा भित्रियो ‘गुडयर लुब्रिकेन्ट’
काठमाडौं : नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रूपमा भित्रिएको छ।
विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरू गरेको हो।
भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ।
दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।
अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी गुडइयरको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ।
सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ।
गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।
विशेष गरी टायर, ट्युव तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो।
‘विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताए।
पुष ३, २०८० मंगलबार ०८:३५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।