चीनमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु, २२० भन्दा बढी घाइते

चीनमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु, २२० भन्दा बढी घाइते

एजेन्सी : चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ।

भूकम्पमा २२० भन्दा बढी मानिस घाइते भएको चीनको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ।

केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। यस्तै छिङहाईमा नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

घटनास्थलबाट सार्वजनिक भिडियो फुटेजमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्।

यस क्षेत्रमा विद्युत र खानेपानी सेवा अवरुद्ध भएको छ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।

पुष ३, २०८० मंगलबार ०८:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।