आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली

आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली

काठमाडौं : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ।

अन्य भागको मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।

बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

पुष ३, २०८० मंगलबार ०७:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।