४ महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २२ अर्ब , सबैभन्दा धेरै नाफा नबिलको, कृषि विकास बैंक घाटामा

४ महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २२ अर्ब , सबैभन्दा धेरै नाफा नबिलको, कृषि विकास बैंक घाटामा

काठमाडौँ : चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाले कुल २२ अर्ब ६२ करोड ३० लाख रुपैंया नाफा आर्जन गरेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले उक्त नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल २७ अर्ब ५९ करोड नाफा आर्जन गरेका थिए। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा गिरावट आएको हो।

सबैभन्दा बढी नाफा कमाउने नबिल, कृषि विकास बैंक घाटामा

चालू आर्थिक वर्षको ४ महिनामा नबिल बैंकको नाफा २ अर्ब १७ करोड रहेको छ। दोस्रोमा ग्लोबल आईएमई बैंक छ। ग्लोबलको खुद नाफा १ अर्ब ९५ करोड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा १ अर्ब ८७ करोड नाफा कमाएको राष्ट्र बैङ्कले जनाएको छ।

त्यस्तै, प्राइम कर्मसियल बैंकको नाफा १ अर्ब ५३ करोड, हिमालयन बैंकको १ अर्ब ५१ करोड र एनआइसी एसिया बैंकको खुद नाफा १ अर्ब ३८ करोड र सिद्धार्थ बैंकको नाफा ३३ करोड ३९ लाख, लक्ष्मी सनराइज बैंकको नाफा ५१ करोड ६० लाख नाफा आर्जन गरेको छ।

तर यता, कृषि विकास बैङ्कले ४ महिनाको अवधिमा घाटा ब्योहोरेको छ। बैङ्कले ४ महिनामा कुल २७ करोड ८८ लाख रुपैंया घाटामा रहेको राष्ट्र बैंकको तथ्या‌कले देखाएको छ।

पुष २, २०८० सोमबार २१:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।